काठमाडौं, वैशाख १८
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० मोन्टपेल्लिरसँग पराजित भएको छ । लिग च्याम्पियन टोली पीएसजीलाई मोन्टपेल्लिरले ३–२ गोल अन्तरले हराएको हो ।
१२ औं मिनेटमा एम्ब्रोइस आयोङगोको आत्मघाती गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो । पीएसजीको अग्रता लामो समय टिकेन । २१ औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेको आत्मघाती गोलबाटै मोन्टपेल्लिरले खेलमा बराबरी गरेको थियो । ६२औँं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए तर ८०औं मिनेटमा मोन्टेपेल्लिरका लागि एन्डी डिलोर्टले गोल गर्दै अग्रता तोडे । खेलको ८५ औं मिनेटमा सौलुमाने कामराले गोल गर्दै मोन्टपेल्लिरलाई ३–२ को जित दिलाए ।