एजेन्सी, बैशाख २१
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले किंग्स इलाभेन पन्जाबमाथि सहज जित निकालेको छ ।पन्जाबलाई ७ विकेटले हराउँदै कोलकता अंक तालिकामा पाँचौ स्थानमा उक्लिदै प्ले अफको संभावना बलियो बनाएको छ ।
पञ्जावको घरेलु मैदान मोहालीमा १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १८ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । उसका लागि ओपनर शुभमन गिल र क्रिस लिनले उत्कृष्ट ब्याटिङ गरे । युवा खेलाडी गिलले ४९ बलमा ५ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहँदै सहजै खेल जिताए ।
अर्का ओपनर लिनले २२ बलमा ३ छक्का र ५ चौका सहित ४६ रन जोड्दै कोलकतालाई उत्कृष्ट सुरुवात दिलाए । आन्द्रे रसेल २४,रविन उथप्पा २२ रनमा आउट हुँदा दिनेश कार्तिक २१ रनमा अविजित रहे । कार्तिकले ९ बलमा २ चौका र १ छक्का प्रहार गरे । पन्जाबका लागि एन्ड्रयू टाई,मोहम्मद शामी र रविचन्द्र आश्विनले समान १ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । पन्जाबलाई विशाल योगफल सम्म पुर्याउन युवा खेलाडी साम करनले उत्कृष्ट ब्याटिङ गरे । उनले मात्र २४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५५ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन्।
पन्जाबका लागि मिडिल अडरका निकोल्स पुरनले २७ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४८ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै मयंक अग्रवालले २६ बलमा २ चौका र १ छक्का सहित ३६,क्रिस गेल १४, रोकेश राहुल २ रनमा आउट भए । तल्लोक्रमका मन्दीप सिंहले १७ बलमा समान १ चौका र छक्का सहित २५ रनको योगदान दिए । कोलकताका लागि सन्दीप वारियरले २,हेरी गुर्नी,आन्द्रे रसेल र नितेश रानाले समान १ विकेट लिए ।
यो जितसँगै कोलकता १३ खेलमा ६ मा जित र ७ मा हारका साथ पाँचौ स्थानमा उक्लिएको छ । समान खेल र समान नतिजाका साथ हैदरावाद चौथो स्थानमा छ । चेन्नई सपुर किंग्स,मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स क्रमश स् पहिलो,दोस्रो र तेस्रो स्थानमा छन् ।