काठमाडौं, वैशाख २२
नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता घोषणा सोमबार हुने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको फोरमबीच पार्टी एकताको सहमति भएको छ ।
डा. भट्टराई र यादवबीच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । एकता घोषणा भने सोमबार हुने छ । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने सहमति भएको बताइएको छ । संघीय परिषद्को अध्यक्षता भट्टराईले र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको बताइएको छ ।
एकीकृत पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । अब पार्टी एकीकरण भएपछि उपेन्द्र यादवले सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएको बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई आफैं एकमात्र सांसद छन् ।