सामाजिक सेवामा विराट मल्टिपल कलेज

सामाजिक सेवामा विराट मल्टिपल कलेज

विराटनगर, बैशाख २२
मातातीर्थ औशीको अवसर पारेर विराट मल्टिपल कलेजले पुष्पलाल चौक स्थित “महिला जागृती तथा वृद्धाश्रम“का वृद्धाआमाहरूका लागि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

अशक्त र असहायका लागि योगदान ,समाज परिवर्तनका लागि सुक्ष्मजिव विज्ञान भन्ने मूल नाराका साथ कलेजको नेपाल सुक्ष्मजिवी विद्यार्थी संघले शिविरको आयोजना गरेको हो ।

शिविरमा विराटनगर स्थित न्युरो अस्पतालको प्राविधिक सहयोगमा चिकित्सक डा. पार्थ गुरागाईंले आमाहरुको स्वास्थ्य जाँच गरेका थिए । निशुल्क शिविरमा आमाहरुलाई आवश्यक औषधि समेत वितरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एकराज श्रेष्ठ , समाजसेवी विवेक श्रेष्ठ , युवा अभियन्ता अभिषेक भट्टराई लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा चिकित्सक डा. गुरागाईं र नर्सहरुलाई सम्मान समेत गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.