प्रादेशिक पत्रकारिता पुरस्कारबाट जनही १ लाखसहित ४ पत्रकार पुरस्कृत

प्रादेशिक पत्रकारिता पुरस्कारबाट जनही १ लाखसहित ४ पत्रकार पुरस्कृत

२४ बैशाख, विराटनगर
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रादेशिक पत्रकारिता पुरस्कारबाट १ लाख नगद सहित प्रदेश १ का ४ अग्रज पत्रकार पुरस्कृत भएका छन्  ।

प्रदेश १ को स्थायी राजधानी विराटनगरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजकुमार कार्की, नकुलकाजी, हर्ष सुब्बा र चन्द्र भण्डारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत अग्रज पत्रकारहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्रीले कदरपत्र र नगद १ लाख राशिसहित सम्मान गरेका थिए । प्रदेश सरकारको हरेक वर्ष पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने २ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय अनुशार गतवर्ष र यसवर्षका गरी ४ जना पत्रकारलाई सम्मान गरिएको हो । प्रदेश सरकारले गतवर्षको नीति तथा कार्यक्रम र बजेटमै उल्लेख गरेको थियो । सम्मानित हुने पत्रकार नहकुलकाजी र भण्डारी झापालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पत्रकार हुन् भने सुब्बा र कार्की सुनसरीका पत्रकार हुन् ।

पत्रकार यज्ञ शर्माको छनौट समितिले सिफारिस गरेका प्रदेशभित्रका अग्रज पत्रकारहरु मध्येबाट छनौटमा परेका ४ पत्रकारलाई सम्मानित गरिएको प्रदेश आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले राजधानी तोक्ने विषयमा मतमतान्तर सिर्जना गरेर प्रदेशसभा नै विभाजित गर्न खोजिएको बताए । मुख्यमन्त्री राईले राजधानी तोक्न निकै सकस भएको पनि बताए । विभाजन ल्याएर अप्ठेरो अवस्था सिजर्ना गर्न गरिएका सबै प्रयास विफल पारिएको पनि बताए । उनले सरकार आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण गर्न जुटिसकेको पनि बताए ।

सरकारले मिडिया क्षेत्रलाई सम्मानमार्फत कदर गर्ने कामको सरुवात गरिएको बताए । सम्मानि पत्रकार चन्द्र भण्डारीले पत्रकारितालाई अझ मर्यादित बनाउन जरुरी भएको चर्चा गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.