डेढ लाख नगद र मोटरसाईकल दाइजो लगेर बिहे गर्न नगएपछि…

डेढ लाख नगद र मोटरसाईकल दाइजो लगेर बिहे गर्न नगएपछि…

विराटनगर : मोरङको रंगेली नगरपालिका–८ दर्वेशाका कमलप्रसाद साह हातमा छोरीको बिहेको निमन्त्रणा कार्ड लिएर न्याय खोज्दै प्रहरी प्रशासन धाइरहेका छन्।डेढ लाख नगद र एउटा मोटरसाईकल दाइजोका नाममा लिइसकेका बेहुला विवाहको दिन जन्ती लिएर नगएपछि उनी न्याय खोज्दै प्रहरीमा धाउन बाध्य भएका छन् ।

कमलले छोरीको विवाह विराटनगर महानगरपालिका–१५ रानीका अजयकुमार साहसँग वैशाख ८ गते गर्ने पक्क गरेका थिए। त्यसै अनुसार कार्ड छापेर आफन्त र छरछिमेकलाई निम्तो पनि गरिसकेका थिए।

विवाहको दिन उनी सबै तयारीसहित रातभरी बेहुला र जन्तीको प्रतिक्षामा बसे, तर कोही आएनन्। त्यसयता उनी आफूले दिएको डेढ लाख रुपैयाँ र मोटरसाइकल फर्काउन प्रहरी र प्रशासन गुहारीरहेका छन्।विवाहको दिन युवकले बेहुलीको मोबाइलमा ‘म तिमीसँग विवाह गर्दिन । ‘मेरो अर्को केटी साथी छ,’ भनेर म्यासेज पठाएका बेहुलीका दाजु विजयले बताए। ,याे समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.