विराटनगर, वैशाख २७
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको दोस्रो क्वालिफायर खेलमा शुक्रबार दिल्ली क्यापिटल्स र चेन्नेई सुपर किंग्सबीच प्रतिस्पर्धा हुदैछ ।बिशाखापटनममा हुने साँझ पौने ८ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली पहिलो पटक आईपीएलको फाईनल पुग्दै ईतिहास रच्ने दाउमा छ ।
तर चेन्नेईलाई हराउँदै फाईनलको टिकट काट्नु दिल्लीका लागि निकै कठिन छ । चेन्नेईले लिग चरणको खेमलमा ८० रनले हराउँदै शीर्ष दुई दुईमा पर्ने दिल्लीको सपनामा टुटाएको थियो । बुधबार हैदरावादविरुद्व संघर्षपुर्ण जितले दिल्लीले क्वालिफायरमा स्थान पक्का गरेको थियो । जसमा ऋषभ पन्तले उल्लेख्य भुमिका निर्वाह गरेका थिए ।
सोही कारण समेत दिल्लीको टिमको मनोबल उच्च भएको हुन सक्छ । पन्तले दिल्लीबाट विजयी पाली त खेल्न सकेनन् । तर दोस्रो क्वालिफायर खेलमा आलोचकको मुख बन्द गराउने अवसर ऋषभलाई छ । अर्का युवा खेलाडी पृथ्वी शाले ५६ रनको अर्धशतकीय पाली खेले । पछिल्ला तीन खेलमा कम रन बनाएर आलोचना भोगेका उनले हैदरावादविरुद्व जितको आधार तय गरेका थिए ।
कागिसो राबाडाको स्थानमा दिल्लीका ट्रेन्ट बोल्ट र इशान्त शर्माले राम्रो प्रर्दशन गरेका थिए । अनुभवी स्पिनर अमित मिश्राले किफायती बलिङ गर्दै एक विकेट समेत लिएका थिए । यता चेन्नेईलाई दबाबपुर्ण खेल खेल्ने बानीनै छ ।
तीन पटकको विजेता चेन्नेई चार पटक उपविजेता समेत भएको छ । पहिलो क्वालिफायर खेलमा मुम्बई ईन्डियन्ससंग पराजित भएपनि खेलमा फर्कने अवसर चेन्नेईलाई प्राप्त छ । मुम्बईविरुद्वको कमजोर ब्याटिङलाई कप्तान धोनी सुधार गर्ने अपेक्षा गरेका छन् ।
स्टार ब्याटसम्यान सेन वाटसन हैदरावादविरुद्व ५६ बलमा ९६ रन बनाउनु बाहेक अरु खेलमा रन बनाउन सकिरहेका छैनन् । विजेता टिमले उपाधिका लागि मुम्बईसंग प्रतिस्पर्धा गर्नेछ ।