काठमाडौँ, बैशाख २८
नेपाली चलचित्र ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा मुख्य कलाकार गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, निशा अधिकारी लगायतका कलाकारलाई स्थान दिइएको छ ।
दीपक वलीको निर्देशनमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता आकाश पल हुन् । आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निमार्ण भएको चलचित्रको कथा दिपक ओलीको हो, भने पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका हुन् । चलचित्रमा प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको चलचित्रमा सह – निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छन् भने चलचित्रका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् । चलचित्रमा गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । यो सिनेमा आगामी जेष्ठ १७ गतेबाट प्रदर्शन हुँदैछ ।









