कराेडाैंकाे जग्गा फाेटाेकपीकाे भरमा पास

कराेडाैंकाे जग्गा फाेटाेकपीकाे भरमा पास

काठमाडौं : अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता नं. १६ र २३२ को जग्गा फोटोकपीको भरमा पास गरिएको छ । यो जग्गा शैलजा भट्टको हो । यो हाल काठमाडौं महानगरपालिका–३२ मा पर्छ ।

काठमाडौंको तीनकुनेमा रहेको सो जग्गा ५ आना ० पैसा ३ दाम र १ आना २ पैसा ३ दाम क्षेत्रफल रहेको जग्गा अधिकृत वारेसनामाको फोटोकपी पेस गरेकै आधारमा मालपोल कार्यालय डिल्लीबजारले पटक–पटक थुप्रै व्यक्तिको नाममा पास गरेको पाइएको छ ।

शैलजा भट्टको नाममा रहेको जग्गा ०७५ पुस २३ गते मालपोत कार्यालय डिल्लीबजारले अधिकृत वारेसनामाको फोटोकपीकै भरमा मीनबहादुर तामाङ, वीरबहादुर तामाङ, जितेन्द्र विष्ट र सञ्जित थपलियाको नाममा पास गरिदिएको पाइएको हो ।, याे समाचार मनाेज रेग्मीले नेपाल समाचारपत्रमा लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.