एजेन्सी, बैशाख ३०
इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार सम्पन्न रोमान्चक खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो ।
अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भएको हो ।मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने मनोनयनमा परेको इमरर्जिङ प्लेयर अफ टुनामेन्टको अवार्ड कोलकता नाईट राइडर्सका युवा खेलाडी शुभमन गिलले जितेका छन् ।
भोटिङमा अगाडि भएको र समग्र प्रदर्शन राम्रो भएकोले यस अवार्ड सन्दीपले जित्ने अनुमान गरिएको थियो । भोटमा सन्दीपले २९ प्रतिशत मत प्राप्त गर्दा शुभमन गिलले ८ प्रतिशत मत प्राप्त गरेका छन् । यस अवार्ड समर्थकको भोट र खेल कमेन्टेटरको भोटको आधारमा प्रदान गरिन्छ ।
यी खेलाडीले जिते अवार्ड :
१. सर्वाधिक रन (अरेन्ज क्याप) – डेविड वार्नर (हैदरावाद)
२. सर्वाधिक विकेट (पर्पल क्याप) – इमरान ताहिर(चेन्नई)
३. मस्ट भ्यालुवल प्लेयर – आन्द्रे रसेल (कोलकता)
४. इमरर्जिङ प्लेयर अफ टुनामेन्ट – शभमन गिल (कोलकता)
५. फास्ट फिफ्टी – हार्दिक पान्ड्या (मुम्बई)
६. उत्कृष्ट क्याच – काइनर पोलार्ड (मुम्बर्ई)
७. सुपर स्ट्राईकर – आन्द्रे रसेल (कोलकता)
८. स्टाइलिस प्लेयर अफ द सेसस – के एल राहुल (पन्जाव)
९. गेम चेन्जर अफ द सिजन – राहुल चाहर (मुम्बई)