विराटनगरका राजिव जैनले यसरी जिते १ करोड (भिडियो सहित)

विराटनगरका राजिव जैनले यसरी जिते १ करोड (भिडियो सहित)

विराटनगर, बैशाख ३०
विराटनगरका राजिव जैनले एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’मा १ करोड जित्न सफल भएका छन् । टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपति’ को ४२ औ अंकमा उनले १५ औं प्रश्नको जवाफ सही जवाफ दिएर १ करोड जितेका हुन् ।

राजिवले अघिल्लो हप्ता ४१ औं अंकमा १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए । समय अभावका कारण १४ औँ र १५ औँ प्रश्न बाँकी रहेको थियो । नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको ‘को बन्छ करोडपति’मा उनले आईतबार बाँकी दुवै प्रश्न सही जवाफ दिएर एक करोड जित्ने पहिलो ब्यक्ति बनेका छन् ।

२००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो ? भन्ने १५ औं तथा अन्तिम प्रश्नको वि.सं २०१४ माघ १९ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् ।

उनले आफुले एक करोड जितेमा केही सामाजिक सेवामा खर्च गर्ने र विश्व भ्रमण गर्ने रुची रहेको बताएका छन् । ब्यापारिक परिवारका विराटनगरका ४३ वर्षिय राजिव जैन विगत १० वर्षदेखि काठमाडौँ बस्दै आईरहेका छन् ।हाल एमबीए अध्ययन सकेका उनले विराटनगरको अरनिको स्कुलमा एसएलसी सम्म र महेन्द्र मोरङ क्याम्पसमा बीबीएस अध्ययन गरेका हुन् ।

 शो पूरा भाग :

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.