न्यूरोमा रक्तदान

न्यूरोमा रक्तदान

विराटनगर, जेठ १
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल र नेपाल महिला व्यवसायी मंच संगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रसको प्राविधिक सहयोगमा विराटनगरस्थित न्यूरो अस्पतालमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, अन्य कर्मचारीहरुलगायत नेपाल महिला व्यवसायी मंचका पदाधिकारीहरुले रतmदान गरेका थिए ।

अस्पतालका बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार बिष्टले अस्पतालको सामाजिक उत्तदायित्वका बिषयमा जानकारी गराउँदै कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल महिला व्यवसायी मंचकी अध्यक्ष निना राजभण्डारीले आगामी दिनमा समेत न्यूरो अस्पताल र नेपाल महिला व्यवसायी मंचको सहकार्यमा विभिन्न स्वास्थ्य शिविरहरु तथा रतmदान कार्यक्रमहरु गर्ने बताइन् । न्यूरो अस्पतालले उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नुको साथै स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु, स्वास्थ्य शिविरहरु तथा रतmदान कार्यक्रमहरु गर्दे आइरहेको र यसलाई भविष्यमा पनि निरन्तरता दिने अस्पतालले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.