सरकारले ल्याउने तयारी गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा मोरङका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन । नेपाल पत्रकार महासंघ मोरङ शाखामा आवद्ध पत्रकारहरुले विराटनगर महानगरपालिकाको बि प्लटमा सञ्चार सामग्रीसहित धर्ना दिएका हुन् । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै पत्रकारहरुले आफना सञ्चारसामग्री राखेर धर्ना दिएका हुन् । संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्ने गरि ब्यवस्था ल्याउन खोजेकोले देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् । विरोध प्रर्दशनमा भेला भएका पत्रकारहरुले प्रेस स्वतन्त्रता हनन गर्न नपाइने , मिडिया विधेयक फिर्ता गर्नुपर्ने लगायतका माग गरेका छन । संघीय संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्ने गरि ब्यवस्था गरेको भन्दै नेपाल पत्रकार महासंघको आहनमा देशभरका पत्रकारहरु आन्दोलित बनेका छन् । यसअघि पत्रकारले विधेयकको विरुद्धमा हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गरेका थिए ।