पाकिस्तानविरुद्धको पाँच ओडीआई सिरिजमा इङ्ल्यान्ड एक खेल अगाडिनै च्याम्पियन बनेको छ । घरेलु टोली इङ्ल्यान्डले शुक्रबार राति भएको चौथो खेलमा पाकिस्तानलाई तीन विकेटले पराजित ग¥यो । इङ्ल्यान्डले सिरिज ३—० ले हात पारेको छ ।
यसअघि पहिलो खेल बर्षाका कारण प्रभावित भएको थियो । अन्तिम खेल आइतबार हुनेछ । पाकिस्तानले दिएकको ३ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४९ दशमलव ३ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डको जितमा ओपनर जोसन रोयले १ सय १४ रन बनाए । बेन स्टोक्सले अविजित ७१, जेम्स भिन्सले ४३, त्यसैगरि जोए रुटले ३६, टम करनले ३१, जो डेनलीले १७ र आदिल राशिदले अविजित १२ रन बनाए । पाकिस्तानका मोहम्मद हसन, इमाद वासिमले समान दुई दुई विकेट लिए । जुनैद खान, हसन अली र सोएव मालिकले एक एक विकेट लिन सफल भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४० रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले १ सय १५ रन बनाएपनि टोली हारबाट जोगिन असफल रह्यो । मोहम्मद हफिजले ५९, फकार जमानले ५७, सोएव मल्लिकले ४१, कप्तान सरफराज अहमिदले २१, आशिफ अलीले १७ र इमाद वसिमले १२ रन बनाए । इङ्ल्यान्डका टम करनले ४ विकेट लिए । मार्क उडले २ तथा जोफ्रा आर्चरले एक विकेट लिए । यसअघि इङ्ल्यान्ड दोस्रो खेलमा ७ र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।