४ जेठ २०७६,विराटनगर
विराटनगर ५ स्थित एभरेष्ट स्कुलको निर्माणाधीन भवनको नेपालका लागि बंगलादेशी राजदुत मिस मास्फी विन्ते आम्सले अनुगमन गरेकी छन । स्टिल स्ट्रक्चर प्रयोग गरी जापानको निप्पोन स्टिल प्रयोग गरेर निर्माणाधिन उक्त भवन बंगलादेशी कम्पनी एमजोनाल्ड स्टिल लिमिटेलले ३ तले ४५ कोठे भवन नेपालमा मोडलको रुपमा निर्माण गरिरहेको छ ।
अनुगमनका क्रममा राजदुत आम्सले नेपाल र बंगलादेशबीच लामो समयदेखि राम्रो सम्बन्ध रहेको बताइन । उनले नेपाल पनि भुकम्पको जोखिममा पर्ने देश भएको हुँदा यो स्टिल बाट भवन निर्माण गरे लाभ हुनसक्ने बताइन । राजदुत आम्सले विराटनगर प्रदेशको राजधानी भएकोले प्रदेशले नै बंगलादेशबाट फाईदा लिन सक्ने बताईन् ।उनले पछिल्लो समयमा बंगलादेशले आर्थिक बृद्धिदर र विकासमा एसियामै उत्कृष्ट फड्को मारेको दाबी गरिन् । उनले प्रदेश १ सरकारले बंगलादेशसंग जोडिने पुलको रुपमा रहन सक्ने बताउदै यसबाट प्रदेश एकले फाइदा लिन सक्ने बताइन् । कार्यक्रममा बंगलादेशी कम्पनी एमजोनाल्ड स्टिल लिमिटेडका कार्यकारी निर्देशक साइद अहमदले यसखालका भवन छिटो निर्माण गर्न सकिने र भूकम्प प्रतिरोधी रहेको बताए ।बंगलादेशमा २४ तल्ले भवन, मेट्रो समेत यही प्रविधिबाट निर्माण गरिसकेको जानकारी दिँदै उनले नेपालले लाभ लिनसक्ने बताए । लामो छलफल र अध्ययन भ्रमणपछि स्टिलको भवन निर्माण गरिएको एभरेष्ट एजुकेसन फाउन्डेसन प्रा.लि.का अध्यक्ष विनोद ढकालले बताए । एभरेष्ट स्कुलको उक्त तीन तले भवन अबको ४ महिनाभित्रमा सकिने निर्माण कम्पनीले जनाएको छ । भवनको लागत ७ करोड भन्दा बढी रहेको एभरेष्ट फाउन्डेसनले जनाएको छ ।