एजेन्सी, जेठ ६
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् । स्पेनिस ला लिगा फुटबल च्याम्पियनमा आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वा्धिक गोलकर्ता बन्दै अवार्ड हात पार्न सफल भएका हुन् ।
मेस्सीले यो सिजन ला लिगामा ३६ गोल गरे भने अन्य प्रतियोगितामा गरि क्लवका लागि ५० औं गोल गर्न सफल भए । सर्वा्धिक गोलकर्ता बनेर छैटौ पटक पीचीची अवार्ड हात पारेका मेस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्डिका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका हुन् । मेस्सीले ३६ गोल गर्दा १३ एसिष्ट समेत गरेका थिए ।
यता, सर्वा्धिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका स्वारेजले २१ गोल गरे । त्यस्तै, तेस्रो स्थानमा रहेका रियलका बेन्जिमाले पनि २१ नै गोल गरे । सेल्टा भिगोका लगो आसपासले २० गोल गर्न सफल भएका थिए ।