प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन् । सभामुख महराले सरोकारवालाहरुसँग व्यापक छलफल गरेर मात्रै कानुन निर्माणको कामलाई अघि बढाउन सरकारलाई पनि सचेत गराए । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानको मर्म अनुसार कानुन निर्माण भए÷नभएको निगरानी राख्ने काम गर्न पनि संसदीय समितिको भएको स्पष्ट पारेका छन् । सभामुख महराले सरकारले आश्वासन अनुसार काम गरे÷नगरेको निगरानी राख्ने काम गर्न संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको रहेको पनि स्मरण गराए । सभामुख महराले संविधान अनुसार कानुन निर्माण र त्यसको कार्यान्वयनको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराउने काम पनि संसदीय समितिले गर्नुपर्ने पनि दोहो¥याएका छन् ।