काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आज प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन खेल काठमाडौंको कीर्तिपुर मैदानमा हुदंैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसअघि मुलपानी क्रिकेट मैदानमा उद्घाटन गर्ने बताए पनि अन्तिम समयमा आएर आयोजनास्थल परिवर्तन गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा आज हुन लागेको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश नं २ भिड्दैंछन् । आजै मूलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश नं १ बीचको खेल हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । यी १० टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । हरेक समुहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।