नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुद अवार्डको १६ औ संस्करण अगामी असारमा गर्ने भएको छ । मञ्चले आईतबार पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी गराएको हो । मञ्चले आगामी असार १७ गते विशेष कार्यक्रम गरी २०७५ सालमा खेल क्षेत्रबाट नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, खेलकर्मीलाई सम्मान गर्दै अवार्ड वितरण गर्ने भएको हो । गतबर्ष जस्तै यस बर्ष पनि स्पोटर््स अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालीको बजाज पल्सर मोटरसाईकल रहेको छ । हंशराज हुलासचन्दले अवार्डका लागि यस बर्ष २५ लाख रुपैया बराबरको नगद र जिन्सी सहयोग उपलब्ध गराउने भएको छ । पल्सर स्पोर्टस अवार्ड २०७५ मा १० विधामा अवार्ड प्रदान गरिने भएको छ । यसबर्ष इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड थप गरिएको छ । बर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाईस र प्रशिक्षक गरी ४ विधाका विजेतालाई बजाज पल्सर मोटरसाईकल प्रदान गरिने छ भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैया सहित विभिन्न उपहार प्रदान गरिने छ ।