काठमाडौं। काठमाडौंका दुई स्थानमा सिलिण्डर विस्फोट भएको छ। अनामनगर र सुकेधारामा विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ।

अहिलेसम्म अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको बताइएको छ। घटनाको पुष्टि प्रहरीले गरेको छ। त्यसैगरी, सुकेधारामा सिलिण्डर विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। थप विवरण आउन बाँकी रहेको छ।