बलिउड अभिनेता अजय देवगनलाई पितृशोक परेको छ । कुनै जमानामा बलिउड चलचित्र उद्योगका एक्सन डाइरेक्टर विरु देवगनको हृदयघातका कारण निधन भएको हो ।

केहि दिन अगाडी बिरामी परेका उनलाई अस्पतालमा भर्ना गरिएको भारतीय समाचारमाध्यमहरुले उल्लेख गरेका छन् । उनको सोमबार नै अन्त्यष्टि गरिने छ ।


विरु देवगनले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म ‘हिन्दुस्तानकी कसम’को निर्देशन समेत गरेका छन् । ७७ वर्षे विरुले १ सय ५० भन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् । ‘फूल और काँटे’ मार्फत् छोरा अजयलाई बलिउडमा भित्याएका थिए ।










