एस्टन इङ्लिस प्रिमियर डिभिजनमा बढुवा

एस्टन इङ्लिस प्रिमियर डिभिजनमा बढुवा

डर्बी काउन्टीलाई हराउँदै एस्टन भिल्ला इङ्लिस प्रिमियर डिभिजनमा बढुवा भएको छ । सोमवार राति भएको च्याम्पियनसिपको प्लेअफ फाइनलमा एस्टन भिल्लाले डर्बी काउन्टिलाई २–१ ले पराजित ग¥यो । फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा रहेको डर्बी विरुद्ध भिल्लालाई ऐतिहासिक जित दिलाउन अनवर अल–घाजी र जोन म्याक्गिनले १–१ गोल गरे । डर्बीका मार्टीन वागनले एक गोल गरे पनि टोलीलाई खेलमा फर्काउन सकेनन् । एस्टन भिल्ला तीन बर्षपछि प्रिमियर डिभिजनमा फर्किएको हो । भिल्ला यो सिजनको च्याम्पियनसिपबाट बढुवा हुने तेस्रो तथा अन्तिम टोली हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.