१६ जेष्ठ, २०७६
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि धावा बोलिरहेको आरोप लगाएका छन् ।
सभापति देउवाले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भईरहे सरकारलाई हटाउनेगरी आन्दोलनमा जान बाध्य हुने स्थिति आउन सक्ने भन्दै पार्टीका नेता, कार्यकर्तालाई तयार रहन पनि निर्देशन दिए । बिहीबार पार्टीद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रलाई कम्जोर बनाउने काम गरिरहेको बताए ।
सभापति देउवाले लोकतन्त्रलाई आत्मासात नगरेकाले काँग्रेसले राजतन्त्र हटाएको पनि स्मरण गराए । प्रजातन्त्र र राजतन्त्रसँगै हिँडने अवस्था नभएपछि राजतन्त्र हटाइएको र ओली सरकारले पनि लोकतन्त्रको विरोध गरिरहे हटाउने सभापति देउवाको चेतावनी छ ।