१७ जेठ, विराटनगर
विराटनगर बजारमा सन्चालित पसलहरुले बिना बिल सामान खरिद बिक्री गर्ने गरिएको भेटिएको छ ।
वाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका प्रतिनिधिसहितको टोलीले शुक्रबार विराटनगरका विभिन्न पसलहरुको अनुगमन गर्दा खरिद विल र विक्री विल बिना नै सामान खरिद बिक्री गर्ने गरिएको भेटिएको हो । यसरी कारोबार गर्ने ४ पसललाई अनुगमनका क्रममा स्थलगत कार्वाही गरिएको छ । बजार अनुगमनका क्रममा विराटनगरका ४ वटा पसललाई ५ हजारका दरले जरिवाना गरिएको छ । विराटनगरको ९ मा रहेको नीलकण्ड वाच,श्याम इम्पेक्स,पाल भेराइटी र बंशललाई ५ हजारका दरले कार्वाही गरिएको हो ।
वाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका अधिकृत रमेशप्रसाद रिजालले विराटनगरका सबै पसलहरुमा एकै प्रकारको समस्या रहेको बताए । उनले बजारलाई व्यवस्थित बनाउन चुनौती रहेको बताउदै व्यापारीहरुलाई सचेतना आवश्यक रहेकाले सोही अनुसार कार्यक्रम गर्ने पनि बताए । मनपरी तरीकाले व्यवसाय भैरहेको पनि उनले बताए । उनले विराटनगरका अधिकांश पसलहरुले खरिद विल र विक्री बिल देखाउन नसक्दा कार्वाही गरिएको स्पष्ट पारे । कार्वाही गरिएका पसलहरुले न्यून मूल्यमा खरिद गरेर महगो मूल्यमा बेचेको पाइएको थियो ।