युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुललाई

युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुललाई

जेष्ठ १९ । (एजेन्सी)
टोटनह्याम हट्सपरलाई हराउँदै लिभरपुलले यो वर्षको युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

गएराति स्पेनको मड्रिडमा भएको फाइनलमा लिभरपुल २–० ले विजयी भयो । लिभरपुलका लागि मोहमद सलाह र डिभोक ओरिगीले एक–एक गोल गरे । खेलको पहिलो मिनेटमै सलाहको पेनाल्टी गोलमा लिभरपुलले अग्रता बनाएको थियो । ८७ औं मिनेटमा ओरीगीले एक गोल थप्दै लिभरपुलको जित पक्का गरे ।

गएरातिको जितसँगै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । साथै उसले अघिल्लो सिजनको फाइनलमा रियाल मड्रिडसँग भोगेको हारको पीडा पनि भुलाएको छ । उता पहिलो पटक फाइनलमा पुगेको टोटनह्यामका लागि भने गएरातिको खेल अनुभवमा मात्रै सिमित बन्यो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.