कामना विकास बैंक लिमिटेडले आइतबार विराटनगरमा नयाँ शाखा बिस्तार गरेको छ । कामना विकास बैंक लिमिटेडले विराटनगरको धरान रोडमा ८५ औं शाखाको बिस्तार गरेको हो ।
बैकका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले शाखाको उद्घाटन गर्दे आफ्ना ग्राहकहरुलाई सेवामा सहज पहँुच पुर्याउने उद्देश्यले शाखा बिस्तार गरेको बताए । यस्तै बेकले इटहरीमा पनि ८६ औं शाखा बिस्तार गरेको अध्यक्ष आचार्यले जानकारी दिए । विराटनगर र इटहरीमा गरेर प्रदेश नम्बर १ मा ७ वटा शाखा रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
हाल बैकले ३९ वटा एटीएमबाट आफ्ना ग्रााहकहरुलाई सेवा प्रदान गर्दे आएको छ । बैंकले इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ , डिम्याट एकाउन्ट ओपनिङ लगायतका माध्यमबाट बैकिङ सेवा उपलब्ध गराउदै आएको छ ।