इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार एक खेल हुँदैछ । घरेलु टोली इंग्ल्याण्डले नोटिङ्गहममा पाकिस्तानबिरुद्द प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा शानदार जित हात पारेको इंग्ल्याण्ड उच्च मनोबलका साथ मैदान उत्रने छ । यता पहिलो खेलमा पराजित भएको पाकिस्तान जितको खोजीमा रहेको छ । उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पाकिस्तानले पहिलो खेलमा वेष्ट इण्डिजबिरुद्द ७ विकेटको लजास्पद हार ब्यहोरेको थियो । विश्वकप तयारीको रुपमा यी दुई टोलीले ५ खेलको एक दिवसीय सिरिज खेलेका थिए । जसमा इंग्ल्याण्डले ४ खेल जित्दा एक खेल नतिजा बिहिन रहेको थियो ।
उत्कृष्ट लयमा देखिएको इंग्ल्याण्ड यस संस्करणको उपाधि दाबेदार टोली हो । हालसम्म इङ्ल्यान्डले ३ पटक फाइनलको यात्रा गरेको छ भने पाकिस्तान सन् १९९९ को विश्वकप विजेता हो । इंग्ल्याण्ड र पाकितानले आफ्नो उत्कृष्ट खेलाडीलाई मैदानमा उतार्ने छन् ।