८४ प्रतिशत विवाहित महिला पतिबाटै हिंसामा

८४ प्रतिशत विवाहित महिला पतिबाटै हिंसामा

नेपाल जीवनस्तर मापन सर्बेक्षण २०१६ अनुसार ८४ प्रतिशत विवाहित महिला आप्mनै पतिबाटै हिंसामा परेका छन् । सिबिन नेपालले सोमबार विराटनगरमा सार्वजनिक गरेको नेपाल जीवनस्तर मापन सर्बेक्षण २०१६ अनुसार १५ देखि ४९ बर्ष उमेर समूहका २२ प्रतिशत महिलामाथि हिंसा भइरहेको उल्लेख छ ।

सर्बेक्षणमा ८४ प्रतिशत विवाहित महिला आप्mनै पतिबाटै हिंसामा परेका छन् । शिक्षित महिलाहरु भने कम हिंसामा परेको सर्वेक्षणमा उल्लेख छ । माध्यमिक तहका शिक्षा प्राप्त गरेका महिला ८ प्रतिशत र अशिक्षित महिला ३४ प्रतिशत हिंसाका सिकार भइरहेको सर्बेक्षणले जनाएको छ । सम्बन्ध बिच्छेद गरेका र एकल महिला २० प्रतिशत यौन हिंसाका सिकार भइरहेको सिबिन नेपालका कार्यक्रम संयोजक ध्रुब गौतमले तथ्याङक प्रस्तुत गरेका थिए । ७ प्रतिशत महिलाले आप्mनो जीवनकालमा कुनै कुनै किसिमको यौन हिंसामा पर्ने गरेको उनको भनाई थियो ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सम्पन्न बनाउनका लागि पुरुषको सहभागिता आवश्यक रहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.