अख्तियार सचिवलाई कारवाही गर्ने सर्वोच्च अदालतको चेतावनी

अख्तियार सचिवलाई कारवाही गर्ने सर्वोच्च अदालतको चेतावनी

२३ जेष्ठ, २०७६

सर्बोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र अन्य उच्च पदाधिकारीमाथि कारवाही गर्ने चेतावनी दिएको छ ।

अदालतको पटक पटकको आदेश अटेर गरेर आयोगका काम कारवाहीसम्बन्धी अभिलेख र रजिस्टर ५ वर्षदेखि उपलब्ध नगराएको भन्दै सर्वोच्चले किन कारबाही नगर्ने भनी प्रश्न गरेको छ । सर्वोच्चले १५ भित्र अदालतमा उपस्थित भई जवाफ दिन आदेशसमेत दिएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले विहिवार २०६० साल वैशाख २५ गतेको निर्णय सहितको सक्कल मिसिल, फायलसमेत लिई अदालतमा उपस्थित हुन सचिव स्वयंलाई आदेश दिएको हो । अदालतलाई कागजात नबुझाउनु आपत्तिजनक भन्दै कारवाही तथा सजाय किन गर्नु नपर्ने भन्ने स्पष्टिकरण समेत अखिख्तयार अधिकारीलाई सोधिएको छ ।

अदालतले २०७१ असोज २९ गते ताराराज पाण्डेको मुद्दा सम्बन्धी २०६० को अभिलेख पठाउन आदेश दिए पनि त्यस यता पटक पटक अटेरी गरेको र भेटिएन भन्दै पन्छिएको आदेशमा उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.