२४ जेष्ठ, २०७६
त्रिभुवन विश्वविद्यालयले अन्तराष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २६ र २७ गते नेपालमा ‘अन्तराष्ट्रिय शैक्षिक सम्मेलन’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तरलाई विश्वस्तरमा पु¥याउने उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।
‘विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण’ विषयमा केन्द्रित भई आयोजना हुने सो सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिन्ल्याण्ड, भारत, सिंगापुर र नेपालका ख्याती प्राप्त प्राध्यापकहरुले कार्य पत्र प्रस्तुत गर्ने जानकारी पनि दिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २६ गते आईतबार राष्ट्रपति भवन सितल निवासमा उद्घाटन गरेपछि सो सम्मेलनको बाँकि छलफल ललितपुरस्थित होटल हिमालयमा हुनेछ । सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको पनि विश्वविद्यालयका रजिष्ट्रार उप्रेतीले बताए ।