प्रदेश ३ को नाम नेवाः तामसालिङ राख्न सांसदहरुको प्रस्ताव

प्रदेश ३ को नाम नेवाः तामसालिङ राख्न सांसदहरुको प्रस्ताव

२४ जेष्ठ, २०७६

प्रदेश ३ का केही सांसदहरुले नेवाः तामसालिङको नाममा प्रदेशको नामाकरण गरिनुपर्ने बताएका छन् ।

शनिबार काठमाण्डौको तमुबौद्ध सेवा समितिमा पत्रकार सम्मेलन गरि उनीहरुले संविधानले तय गरेका पहिचानका ५ र सामथ्र्यका ४ आधार तथा संघीयताको अन्तराष्ट्रिय अनुभवका आधारमा आफुहरुले नेवाः तामसालिङ नाम प्रस्ताव गरेको बताए । प्रदेश नम्बर ३ ले बहुपहिचानलाई प्रतिनिधित्व गरेको भएपनि मुख्य बाहुल्यता नेवार र तामाङ समुदायको भएको भन्दै सांसदहरुले प्रदेशको नाम नेवा तामसालिङ नै राखिनुपर्ने दाबी गरे । पत्रकार सम्मेलनमा सांसद सीता अधिकारीले विभिन्न सभ्याताहरुको योगको रुपमा रहेको नेवा सभ्यता र वत्तिस हजार बर्ष पुरानो ईतिहास बोकेको तामसालीङ सम्भताको वस्तुगत धरालतीय आधारमा बहुपहिचानको प्रतिनिधित्व हुनेगरी नेवाः तामसालिङ नामाकरण गर्नु उपयुक्त हुने तर्क गरिन् ।

अर्का सांसद रत्न ढकालले २० प्रतिशत तामाङ र १७ प्रतिशत नेवार बसोबास गर्ने भएकाले त्यसैलाई आधार बनाएर नामाकरण गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी सांसद प्रतिमा श्रेष्ठले जातिय पहिचानको आधारमा प्रदेशको बसोबासको वस्तुस्थितिकै आधारमा नाम प्रस्तावित गरिएको बताएकि छिन् ।

प्रदेश नम्बर ३ को सचिवालयमा यही जेठ ९ गते सांसद ओम घलान र प्रतिमा श्रेष्ठ प्रस्तावक रहेर ३ नम्बर प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ प्रदेश राखियोस् भनी प्रस्ताव दर्ता भएको छ । यस प्रस्तावलाई सांसदहरु रत्न ढकाल, प्रेम बहादुर तामाङ र सीता अधिकारीले समर्थन गरेएका छन् । अहिले सम्म प्रदेशका लागि गौरीशंकर र नेवामण्डल गरि थप दुई नामका प्रस्ताव पनि दर्ता भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.