२६ जेठ, काठमाडौं । ठगीको आरोपमा काठमाडौंको ठमेलस्थित एलओडिका संचालकसहित ३ जना पक्राउ परेका छन्। आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबको क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादित बनेको हो ।
एलओडिकी संचालक दीपक घिमिरेसहित ३ जना पक्राउ परेको एसएसपी उत्तम सुवेदीले जानकारी दिए। भारतीय गायिका नेहा कक्करको शनिबारसाँझ एलओडिमा प्रस्तुती थियो।क्षमता भन्दा बढी टिकट बेचेको अभियोगमा घिमिरेसहित ३ जना पक्राउ परेका हुन्। २ हजार जना क्षमता एलओलिडको भएता पनि टिकट भने ३ हजारभन्दा बढी बेचिएको थियो।
कक्करको प्रस्तुती हेर्न नपाएपछि टिकट काटेका १ हजार भन्दा बढीले एलओडिको गेटमा नारावाजी गरेका थिए।