उद्योग संगठन मोरङद्वारा उद्योगी गुड्ड सम्मानित

उद्योग संगठन मोरङद्वारा उद्योगी गुड्ड सम्मानित

 २८ जेष्ठ २०७६ विराटनगर :- विराटनगरका उद्योगी ईनतखाब अहमद ( गुड्डु ) सम्मानित भएका छन् । उद्योग संगठन मोरङले आफनो ४७ औं बार्षिक साधारण सभाका अवसरमा मुस्लिम कम्युनिटी सेन्टर विराटनगरका सचिव समेत रहेका गुड्डुलाई सम्मान गरेको हो ।

सोमबार विराटनगरमा आयोजित बार्षिक साधारणसभामा प्रमुख अतिथि कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गुड्डुलाई खादा तथा दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए । वार्षिक साधारणसभाका अवसरमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्नेक्रममा विराटनगरका पत्रकार शंकर खरेल र उद्योगी राज्यलक्ष्मी गोल्छा लगायतलाई समेत उद्योग संगठन मोरङले सम्मान गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.