चितवन : नेकपाका नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार जानकारी दिए ।
पौडेलको घर चितवनको माडी नगरपालिका–५ नयाँ पिपरिया रहेको छ । घर निर्माणका क्रममा काम गर्दैगर्दा शुक्रबार बिहान ७ बजेतिर पौडललाई हृदयघात भएको थियो । माडीस्थित बगौडा अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला अध्यक्ष परियारको भनाई छ।
५३ वर्षीय पौडेल हाल नेकपाको केन्द्रीय सदस्य हुन् । उनी जनमोर्चासँग एकीकरणका क्रममा तत्कालीन माओवादीमा आवद्ध भएका थिए ।