मोरङका सवै स्थानीय तहमा रेपिड रेस्पोन्स टिम

मोरङका सवै स्थानीय तहमा रेपिड रेस्पोन्स टिम

३१ जेठ, विराटनगर। डेगुको संक्रमण फैलिएको मोरङका सवै स्थानीय तहमा रेपिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरिएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य विनियम तथा महामारी व्यवस्थापन सम्बन्धमा विराटनगरमा आयोजना गरिएको अभिमुखीकरण बैठकले मोरङका १७ वटै पालिकामा रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग र विराटनगर महानगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाकी स्वास्थ्य संयोजक लजिता योञ्जनले खोज नष्ट अभियानसँगै सचेतनाका लागि माइकीङ मार्फत डेंगुको बारेमा जानकारी गराइएको बताइन ।

कार्यक्रममा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर प्रकाश साह , स्वास्थ्य सेवा निर्देशनालय प्रदेश १ का निर्देशक भोगेन्द्र डोटेल विश्व स्वास्थ्य संगठनका डाक्टर दिपेन्द्र गौतम लगायतले डेगु नियन्त्रणका लागि खोज तथा नष्ट अभियान आवश्यक रहेको बताएका थिए । कार्यक्रममा मोरङका विभिन्न सरकारी निकाय प्रमुख तथा प्रतिनिधिका साथै स्वास्थसँग सम्बन्धीत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.