जनताप्रति उत्तरदायी भएर व्यवसाय गर्न प्रदेश प्रमुखको सुझाव

जनताप्रति उत्तरदायी भएर व्यवसाय गर्न प्रदेश प्रमुखको सुझाव

३१ जेठ, विराटनगर
प्रदेश नम्बर १ प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दवहादुर तुम्वाहाङले उद्योगी व्यापारीहरुले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्न उद्योगी ब्यापारीलाई सुझाव दिएका छन्।

विराट व्यापार संघको १० औं वार्षिकसाधारण सभाको उद्घाटन गर्दै उनले यस क्षेत्रका जनताहरुलाई आवश्यक पर्ने वस्तु उत्पादन गरि सहज ढंगले उपलव्ध गराउन आग्रह गरे । प्रमुख प्राध्यापक डाक्टर तुम्वाहाङले मुलुकको आर्थिक समृद्धको संयन्त्र नै उद्यमी व्यापारी भएको चर्चा गर्दै समुदायलाई आवश्यक पर्ने स–साना वस्तुको उत्पादन स्वदेशमै गर्नुपर्ने बताए । उनले जनै समेत स्वदेशमा उत्पादन नभई आयात गर्नुपर्ने अवस्था रहेको बताउदै आयात प्रतिस्थापन गरी देशमै जनैको उत्पादन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुुसियैतले मुलुकलाई समृद्ध वनाउन उद्यागी व्यापारीको ठूलो योगदान रहने वताउदै व्यापारीवर्गका रहेका समस्या समाधानमा प्रदेश सरकार सहयोगी हुने विश्वास दिलाए । कार्यक्रममा उद्यमी ताराचन्द खेतानले कर र भ्याटका कारण सीमावर्ती क्षेत्रका वजारमा सस्तो मूल्यमा सामान उपलव्ध हुनाले यस क्षेत्रका उद्यमी र व्यापारी पलायन हुने अवस्था सिर्जना भएको बताए ।

सो अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडा, युवा संघ नेपालका उपाध्यक्ष परशुराम वस्नेत लगायतले सवैको साझा संगठन रहेको संघले विराटनगरलाई स्थायी राजधानी र समृद्ध वनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए । १० औं वार्षिकसाधारण सभाका अवसरमा संघका अध्यक्ष शिवप्रसाद रिजाल लगायतलाई सम्मान गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.