३२ जेठ, विराटनगर। सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले विराटनगर वडा नम्बर ५ र ६ मा घरदैलोमा पुगेर इन्स्योरेन्स बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
जनचेतनामुलक कार्यक्रममा इन्स्योरेन्स र इन्स्योरेन्सका विभिन्न किसिमका पोलिसि बारे समेत स्थानीयलाई जानकारी दिइएको थियो । अभियानका क्रममा सगरमाथाको टोली ७० वटा घरमा जनचेतनाका लागि पुगेको र यो अभियान आगामी दिनमा पनि विराटनगरमा अन्य वडाहरुमा जारी राखिने सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाका प्रबन्धक नारायण गौतमले जानकारी दिए । अहिलेपनि इन्स्योरेन्सबाट धेरै जसो बन्चित रहेकाले सचेतना र इन्स्योरेन्सको महत्वका विषयमा जानकारी दिन घरदैलो अभियान सुरु गरिएको प्रबन्धक गौतमले जानकारी दिए ।
इन्स्योरेन्सका विषयमा सगरमाथा इन्स्योरेन्सले घरआगनमै आए जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् । सगरमाथा इन्स्योरेन्सले होम इन्स्योरेन्सलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको जनाएको छ । सगरमाथा इन्स्योरेन्समा अहिले विराटनगरमा ४ हजार जना विमित रहेका छन् ।