अष्ट्रेलियाले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकालाई ३ सय ३५ रनको विशाल लक्ष्य दिएको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्टे«लियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो ।
उसका लागि ओपनर तथा कप्तान आरोन फिन्चले सानदार शतक प्रहार गरे । ४३ ओभरको चौथो बलमा इसुरु उडानाले कप्तान दिमुथ कुरुणारत्नेबाट क्याच गराउनु अघि १ सय ३२ बलमा १५ चौका ५ छक्का सहित १ सय ५३ रनको उत्कृष्ट शतकीय योगदान दिए । जारी विश्वकपमा शतक प्रहार गर्ने फिन्च पहिलो कप्तान समेत हुन् । फिन्चले ९७ बलमा शतक पुरा गरेका थिए । ३३ ओभरको दोस्रो मिलिन्दा सिरीवर्दनाई छक्का प्रहार गर्दै फिन्चले वान डे करियरको १४ औं शतक पुरा गरेका थिए । फिन्चले तेस्रो विकेटका लागि पुर्व कप्तान स्टिभ स्मिथसँग १ सय ७३ रनको शतकीय साझेदारी गर्दै विशाल योगफल पक्का गरे ।
४४ ओभरको तेस्रो बलमा लाथिस मलिङ्गाले बोल्ड आउट गर्नुअघि स्मिथले ५९ बलमा ७ चौका र १ छक्का सहित ७३ रन जोडे । ओपनर फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि १६.४ ओभरमा ८० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । धनन्जय डी शिल्भाले बोल्ड आउट गर्नु अघि वार्नरले ४८ बलमा २ चौका सहित २६ रन बटुले । २३ ओभरको अन्तिम बलमा शिल्भालेनै उस्मान खवाजालाई इसरु उडनाबाट १० रनमा क्याच आउट गराए । तल्लोक्रममा ग्लेन म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै २५ बलमा ५ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे । तल्लोक्रममा शन मार्श ३,एलेक्स करी ४,प्याट कमिन्स डक आउट भए ।
मिचेल स्टार्क ५ रनमा नट आउट रहे । श्रीलंकाका लागि धनन्जय डी शिल्भा र इसुरु उडानाले समान २ विकेट लिए । लाथिस मलिङ्गाको नाममा १ विकेट रह्यो । अहिले श्रीलंका जवाफी व्याटिङ गरिरहेको छ । यसैबिच आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र अफगानिस्थानबिच प्रतिष्पर्धा हुँदैछ ।