३ असार, विराटनगर । पुसेट क्याम्पसका विद्यार्थीले क्याम्पसको प्रशासन शाखा तोडफोड गरेका छन् ।
पूर्वाञ्चल विश्व विद्यालयबाट इञ्जीनियरिङ उत्तीर्ण गरेपनि काउन्सिलमा दर्ता हुन नपाएको भन्दै विद्यार्थीले मंगलबार पुसेट क्याम्पसको प्रशासन शाखा तोडफोड गरि क्याम्पस प्रमुखको कुर्सी टेवल आगजनी गरेको विद्यार्थीहरुले बताए छन् । इञ्जीनिरिङ काउन्सिलमा दर्ता नहुँदा इञ्जीनियर भएको नठहरिने भएको र सरकारी सेवामा प्रवेश नपाइएकाले विद्यार्थी आन्दोलित हुनु परेको अनेरास्ववियु मोरङका अध्यक्ष गोकर्ण घिमिरेले बताए । सांकेतिक रुपमा पुसेट कलेजमा विद्यार्थीले तोडफोड गरेको उनको भनाई छ । विद्यार्थीको माग संवोधन नभए विश्वविद्यालयको केन्द्रिय कार्यालयमा पनि तालाबन्दी गर्ने अध्यक्ष घिमिरे चेतावनी दिए ।
शिक्षकहरुले आफुले पाउने दूई महिने विदा सुविधा मध्येको एक महिना सवै शिक्षकले एकै साथ लिएका कारण कलेज विदा भएको अवस्था आएकोले पनि विद्यार्थी आन्दोलित हुनु परेको अध्यक्ष घिमिरेको भनाई छ । उनीहरुले काउन्सिलको मापदण्ड अनुसार दर्ता हुनु पर्ने, पूर्वाधार तयार हुनुपूर्व परीक्षा शुल्क मात्र तिरेर परिक्षा फर्म भर्न पाउनुपर्ने, नियमित पठन पाठन हुनुपर्ने जस्ता माग विगत लामो समयदेखि राख्दै आएको बताएका छन् ।
पास भएका विद्यार्थीहरुले कलेज काउन्सिलमा दर्ता नभएका कारण पास भएको सर्टिफिकेट काम नै नलाग्ने भएको भन्दै चाँडो दर्ता प्रकृयामा जान समेत उनीहरुले दवाव दिएका छन् ।