काठमाडौंमा गुठी पक्षधरको विशाल प्रर्दशन

काठमाडौंमा गुठी पक्षधरको विशाल प्रर्दशन

४ असार, काठमाडौं । काठमाडौंमा गुठी पक्षधरहरुले विशाल प्रर्दशन गरेका छन् ।

सरकारलाई गुठी विधेयक खारेज नै गर्न दवाव दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माईतीघर मण्डलामा बुधबार विशाल प्रर्दशन गरेका हुन् । त्यस क्रममा उनीहरुले गुठी विधेयक फिर्ता लिएको सरकारलाई खारेज नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी पनि दिए । गुठीयारको अधिकार सुनिश्चित गर्न आह्वान गर्दै आयोजना गरिएको प्रर्दशनमा धर्म, संस्कृति र सम्पदाहरुको नाश गर्ने काम गरिरहेको दावी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।

उनीहरुले गुठी विधेयक फिर्ता गरेपनि फेरी आउने आशंका गर्दै त्यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.