४ असार, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई विराटनगरस्थित कोशी मल्टिपल कलेजले आफ्नो सद्भावना दुत नियुक्त गरेको छ ।
कलेज परिसरमा बुधबार आयोजित कार्यक्रमकाबीच कलेज र मल्लबीच सो बिषयको अनुबन्ध पत्रमा हस्ताक्षर भएको हो । कोशी मल्टिपल कलेजका निर्देशक मनिश सोनीले पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरमा हात पारेको ठूला सफलता र ती सफलतामा मल्लले पु¥याएको योगदानको कदरगर्दै उनलाई सद्भावना दुत नियुक्त गर्ने निर्णय गरिएको बताए । उनंले कोशी कलेजले अध्ययन अध्यापनलाई पहिलो प्राथमिकतामा राख्दै खेलकुदको उत्कृष्ठ वातावरण निर्माण गरेको समेत दावी गरे । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान मल्लले यसअघि क्रिकेटमा विराटनगरले कमाएको ख्याती पछिल्लो समय गुम्दै गएको बताउदै विराटनगरको त्यो साख फर्काउन आफुले प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्लस टुदेखि स्नातकोत्तरसम्म अध्यापन गराउदै आएको सो कलेजमा राष्ट्रिय र प्रदेशस्तरमा ख्याती कमाउन सफल भलिबल,क्रिकेट र टेबुलटेनिसका कयौ खेलाडी अध्ययनरत रहेको जनाइएको छ । कलेजले मल्लसंग ५ बर्षकालागि अनुबन्ध गरेको छ ।