६ असार, विराटनगर । नेपाल भारत मैत्री युवा संघ मोरंगले पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा समाजका विभिन्न क्षेत्रका ब्यक्तित्वलाई सम्मान गरेको छ । सो अवसरमा संघले पत्रकार,अभियानकर्मी र योग प्रशिक्षकलाई सम्मान गरेको हो ।
स्थानिय मदर टेरेसा स्कुल परिसरमा आयोजित कार्यक्रमकाबीच नेपाल र भारतका समेतगरि ३ जना पत्रकारलाई सम्मान गरिएको छ । सो क्रममा पत्रकार शंकर खरेल, नवीन कर्ण र भारतीय पत्रकार बरुण मिश्रालाई सम्मान गरिएको छ । उनीहरुलाई पुर्वमन्त्री एवम नेपाल भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष महेन्द्रराय यादवले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन । यस्तै नेपाल भारत संस्कृति मंचका राजेश शर्मा,कोशी विद्यामन्दिरका राजेश दास,मदर टेरेसा स्कुलका अजयकुमार यादव र कौमी एकता समाजका इर्साद अन्सारीलाई समेत सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष मोहम्मद नसरुलले जानकारी दिए । सो क्रममा योग प्रशिक्षक सरोज नेपाल र अनिता पोखरेललाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश १ संसदका सांसद जयराम यादव र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले योग स्वस्थ्य जीवनको आधार रहेकाले घर घरसम्म योग पु¥याउनुपर्ने आवश्यकता रहेको बताए ।