राजस्व अनुसन्धानको १० चेकपोष्ट हट्दै, साउनदेखि विभाग नयाँ सफ्टवेयर प्रणालीमा

राजस्व अनुसन्धानको १० चेकपोष्ट हट्दै, साउनदेखि विभाग नयाँ सफ्टवेयर प्रणालीमा

६ असार, काठमाडौँ । 

डिजिटल प्रणालीबाट मालवस्तु ढुवानीको कागजपत्र प्रविष्टी गर्ने व्यवस्थासँगै राजस्व अनुसन्धान विभाग मातहतका १० चेकपोष्ट हट्ने भएको छन् ।

आगामी आवको साउनदेखि विभागले नयाँ सफ्टवेयर मार्फत मालसामान ओसार पसार गर्ने ढुवानीको विवरण वेभमा आधारित केन्द्रीय सूचनामा प्रविष्टी हुने भएपछि चेकपोष्ट आवश्यक नपर्ने विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

हाल उक्त प्रणालीको परीक्षण भइरहेको छ । साउनदेखि व्यवसायी र व्यापारीले उक्त सूचना प्रणालीको सेवा सहजै लिन पाउने छन् ।‘अब चेकपोष्टले गर्दै आएको काम (मालसामानको विवरण बुझ्ने काम) नयाँ सफ्टवेयरको माध्यमबाट व्यवसायी आफैले आफ्नै कोठाबाट इन्ट्री गर्न सक्छन् । चेकपोष्ट हटाउने तयारी गरेका हौं,’ उनले भने ‘मालवस्तुको विवरण विभागको वेभसाइटमा रहेको सफ्टवेयर प्रणालीमा अमेरिकामा बसेर पनि गर्न सकिन्छ ।’

यसले व्यवसायी तथा व्यापारीलाई चेकपोष्टनै पिच्छे गाडी रोक्ने झण्झट नहुनुका साथै व्यापारमा सहजीकरण हुने विश्वास विभागको छ । यो सिष्टममा गाडी नंम्बर र ड्राइभरको नाम एक पटक इन्ट्री गरिसकेपछि पटक पटक इन्ट्री गर्नु पर्दैन । केन्द्रीय सूचना प्रणालीको अधिन र निगरानीमा यो सिष्टम रह्ने छ ।

सामानधनीले घर वा कार्यालयमा बसेर आफ्नो मालवस्तुको वारेमा जानकारी राख्न सक्नेछ । प्रणाली प्रयोगकर्ताले आफ्नो अभिलेख जहाँसुकै बसेर हेर्न सूचना प्रयोग गर्न मिल्छ । राजस्व चुहावटलाई नियनत्रणलाई प्रणाली गर्न सरकारको मुख्य उद्देश्य रहेकोे छ ।’ मैनालीले भने ‘कुनै शंकास्पद वस्तु लागेमा तत्कालै (रियल टाइममै) निगरानी र निरीक्षण गर्न सकिन्छ ।’

हाल विभागअन्र्तगत इटहरी, चारआली, बर्दिबास, पतलैया, बर्दघाट, बुटवल, चन्द्रौटा, कोहोलपुर, अतरिया र चिडिया खोला गरी १० स्थानमा चेकपोष्ट रहेका छन् । विभागले एक वर्षको अवधिमा १८ अर्ब रुपैयाँ बराबरको बिगो र जरिवाना सहितको मुद्दा देशका विभिन्न जिल्ला अदालतमा दर्ता गराएको छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.