दुहवी : सुनसरीको दुहवी र इनरुवामा पनि डेंगुको संक्रमण देखिएको छ । दुहवी– ५ घर भएकी एक महिलालाई दुहबीमा रहेको इजिकेयर स्वास्थ्य सेवा प्रालीमा डेंगुको जाँच गर्दा संक्रमण देखा परेको इजिकेयरका संचालक आसिफ अन्सारीले बताए । उनलाई थप उपचारका लागी विराटनगर रेफर गरिएको संचालक अन्सारीले जानकारी दिए । धरानमा फैलिएको डेंगु अहिले पुर्वका विभिन्न सहरहरुमा देखिन थालेको छ ।
त्यसैगरी सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा– ९ बबियाका एक पुरुषलाई डेंगुको संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिइन् । धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।