सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अब काठमाडौंमा कोलोनी

सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अब काठमाडौंमा कोलोनी

काठमाडौं : सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो। काम विशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरुले अब काठमाडौँमा पनि स्थायी सरकारी आवास पाउने भएका छन्।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ। ललितपुरको सैँबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरुका लागि कोलोनी तयार हुने विभागले जनाएको छ।

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइने छ। प्रत्येक ब्लकमा दुईवटा भवन हुने छ। प्रदेशका प्रमुख र मुख्यमन्त्री काठमाडौँ आइरहने भएकाले स्थायी आवास चाहिएको सहरी विकासमन्त्री मोहम्मद इन्तियाक राईले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.