रोजगार कार्यक्रमलाई चुनौती दिँदै जेठमा मात्रै ४३ हजार युवा विदेश उडे

रोजगार कार्यक्रमलाई चुनौती दिँदै जेठमा मात्रै ४३ हजार युवा विदेश उडे

काठमाडौं : बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३ हजार युवा विदेश उडेका छन् । स्वदेशमै रोजगारी अवसर सिर्जना गर्ने गरी सरकारले ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेपनि जेठमा ४३ हजार ६५४ युवा कामको खोजीमा विदेशिए ।वैदेशिक रोजगार विभागका अनुसार, जेठमा ४० हजार ९०१ पुरुष र दुई हजार ७३५ महिला श्रम स्वीकृति लिएर विदेशिएका छन् ।,यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

गत महीना १७ हजार ४३१ पुरुष र एक हजार ५२१ महिला गरी १८ हजार ९५२ युवा संस्थागतरुपमा श्रम स्वीकृति लिएर विदेशिएका थिए ।सोही अवधिमा व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएर २१ हजार ३८३ पुरुष र ८५५ महिला रोजगारीको खोजीमा विभिन्न मुलुक पुगेका विभागको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ६१५ पुरुष र २५४ महिला गरी ८६९ युवा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् । वैधानिकीकरण गरी कामको स्वीकृति लिने युवाको सङ्ख्या पनि उल्लेखनीय देखिएको छ । गत महीना एक हजार ४७२ पुरुष र १२३ महिला गरी एक हजार ५९५ युवाले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.