इन्काउण्टर संस्कृतिको विकास भो भने कानुनी राज्यको उपहास गर्छ : अध्यक्ष शर्मा

इन्काउण्टर संस्कृतिको विकास भो भने कानुनी राज्यको उपहास गर्छ : अध्यक्ष शर्मा

७ असार, काठमाडौँ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टरको संस्कृति विकास हुदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यस तर्फ सचेत बन्न सुझाव दिएका छन् ।

आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले पछिल्लो समय इन्काउण्टर संस्कृति विकास हुदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरि अपराध प्रमाणित गर्नुपर्नेमा प्रहरीले आफ्नो सजिलोका लागि इन्काउण्टर शब्द प्रयोग गरि व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जादा त्यसले कानूनलाई उपहास गर्ने उनको भनाई थियो ।उनले भने “इन्काउण्टर संस्कृतिको विकास भो भने कानुनी राज्यको उपहास गर्छ ।

चरि, घैटे र भक्तपुरका बालक अपहरण पछि हत्यामा संलग्न दुईजनाको इन्काउण्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि उनले स्पष्ट पारे । पछिल्लो समय नेत्र विक्रम चन्द समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउण्टरमा मृत्यु भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.