विराटनगरको मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षामा देशभरीकै सर्वोत्कृष्ट

विराटनगरको मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षामा देशभरीकै सर्वोत्कृष्ट

७ असार, विराटनगर ।
विराटनगरको मेरिल्याल्ड कलेज यस वर्ष पनि देशको सर्वोत्कृष्ट व्यबस्थापन कलेज भएको छ । देशभरिकै ४ हजार भन्दा बढी उ.मा.वि. मध्ये मेरिल्याण्डले फेरि पनि अब्बल दर्जा प्राप्त गरेको हो ।

मेरिल्याल्डलाई उत्कृष्ट व्यबस्थापन कलेज भएबापत शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा फोकस नेपालले सम्मान गरेको छ ।कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कलेजका संस्थापक भेषराज पोखरेललाई सम्मान पत्र प्रदान गरेका हुन् ।

मेरिल्याण्ड कलेजका छात्रा पुजा शाह र निशा पोखरेलले २०७५ सालको कक्षा ११ को परीक्षामा ३ दशमलव ९२ जी.पी.ए. ल्याएर नेपाल प्रथम हुन सफल भएका थिए ।

मेरिल्याण्ड २०६३ देखि २०७३ सालसम्म सधै टपटेनमा पर्न सफल र २०७४ सालमा नेपाल दोश्रो हुन सफल भएको छ । मेरिल्याण्डमा हाल प्लस २ र बिबिएसमा गरी  २३ सय ०७ विद्यार्थीहरु अध्ययनरत छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.