मकालु पहिरो : २९ परिवार विस्थापित, २२ घर उच्च जोखिममा, हेलिकप्टरबाट राहत सामग्री लगिँदै

मकालु पहिरो : २९ परिवार विस्थापित, २२ घर उच्च जोखिममा, हेलिकप्टरबाट राहत सामग्री लगिँदै

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकामा पहिराले २९ घर परिवार विस्थापित भएका छन् । असार १ र २ गते लगातार २४ घण्टा भन्दा बढी परेको पानीले गाउँपालिका–५ पेपुवाका चार गाउँका २९ परिवार पहिरोबाट विस्थापित भएका छन् । भने २२ घर उच्च जोखिममा परेको ५ नम्बर वडाका अध्यक्ष जापान गुरुङले जानकारी दिए ।, यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

पहिरोले पेपुवाका २९ घर परिवार विस्थापित भएपछि एकै ठाउँमा भेला भएर रातभर जागारम बस्ने गरेको वडा अध्यक्ष गुरुङले बताए । पेपुवाका चारैतिर पहिरो झरेकाले स्थानिय त्रसित भएको उनले बताए । कुनै पनि बेला माथिबाट पहिरो खस्ने भएकाले पेपुवाका चार गाउँका २९ घर परिवारलाई सुरक्षित स्थानमा सारिने वडा अध्यक्ष राईले बताए ।

पहिरोको उच्च जोखिममा परेका २९ घर परिवारलाई गाउँपालिकाले आइतबार हेलिकप्टरबाट राहत सामग्री लग्ने भएको छ । गाउँपालिकाले पहिरोको उच्च जोखिम भएका २९ परिवारलाई हेलिकप्टरबाट दाल, चामल, नुन, तेल, पाल, भाडाँकुडा जस्ता राहत सामग्री वितरण गरिने वडा नम्बर ५ का अध्यक्ष जापान गुरुङले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.