८ असार, विराटनगर ।
वरिष्ठ पत्रकार हरिहर नेपाल सम्मानित भएका छन् । लामो समयदेखि पत्रकारिता पेशामा रहेर सो क्षेत्रमा योगदान पुर्याएका उनलाई शनिबार विराटनगरमा सम्पन्न नोवेल मिस नेवाः मा सम्मान गरिएको हो ।
उनलाई उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । मञ्जिना मुभिज क्रिएसन प्रालिको आयोजनामा भएको सो कार्यक्रममा पत्रकार अनिल श्रेष्ठ, साहित्यकार सरिता तुलाधर, झिः पुच विराटनगरका पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठ, स्वयमसेवी शिक्षक राजु क्षेत्री, मकालु टेलिभिजन र विएफएमलाई समेत सम्मान गरिएको थियो ।
तेस्रो नोवेल मिस नेवाः को ताज भने ११ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै विराटनगरकी रस्मिता उदासले जितेकी छन् ।